कपिलवस्तु । बढ्दो शितलहर र कोभिड १९ ओमिक्रोन बिरामीको सङ्ख्या बढिरहँदा नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पताललाई एक कार्यक्रमका बिच कम्मल र मास्क हस्तान्तरण गरिएको छ । लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालका अध्यक्ष रमेश शर्मालाई हस्तान्तरण गर्नु भएको हो ।
ज्ञवालीले विगत लामो समय देखि सामाजिक क्षेत्रमा यस क्षेत्रका विभिन्न अस्पताल, स्कुल तथा गरिब दुखी परिवारलाई विभिन्न सहायता गर्दै आउनु भएको छ । सोही कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घका प्रदेश सदस्य राजेश कुमार उपाध्याय, डा .प्रमोद यादव ,प्रशासकीय प्रमुख प्रशान्त कार्की लगायतको उपस्थिति रहेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।