दुर्घटना

बैतडीमा बिहानै बस दुर्घटना, ८ जना घाइते

By Thah Online

January 27, 2022

बैतडी ।  बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो । 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको नामावली आएको छैन ।