प्रदेश ७

राज्यमन्त्रीका निजी सुरक्षाकर्मी कोठामा मृत भेटिए

By Thah Online

January 27, 2022

कैलाली । कैलालीको धनगढीमा एक प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छ न्। धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जोशी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पीएसओ) हुन्।

घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 परिवारका अन्य सदस्य घर बाहिर रहेको र फर्किदा जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।