दुर्भल वन्यजस्तु सालकको खपटा बरामद



सैघाली खबर
बाँके , २६ फागुन । बाँकेमा दुर्लभ वन्यजन्तु सालकको खपटा बरामद भएको छ।

भारतबाट ल्याएको बताइएको चार किलो नौ सय ग्राम सालकको खपटा नेपालगञ्जको एक होटलबाट बरामद भएको हो। हुम्लाका ओनछिरिङ लामा र नेपालगञ्जका सुजितजंग शाह सालकको खपटासहित पक्राउ परेका छन्।

सालकको खपटा चीन पुर्‍याउन थालिएको थियो। भारतबाट प्रतिकिलो दश हजारका दरले किनेर ल्याइएको खपटा चीनमा पुर्‍याउँदा महंगोमा बिक्री हुने कारोबारीले बताएका छन्। प्रहरीका अनुसार भारतबाट कसैले यहाँसम्म ल्याइदिएपछि लामा र शाहले खपटा किनेका थिए। यी दुई जनाले पनि अर्को व्यक्तिलाई पठाउने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘यिनीहरुले नेपालगञ्जमै खरिद गरेको देखिएको छ,’ प्रहरी निरीक्षक रणबहादुर विष्टले भने, ‘फेरि अर्को व्यक्तिलाई बेचेर चीन पुर्‍याउने बताइएको छ।’ लामा र शाह नेपालगञ्जको एक होटलमा थिए। प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

चार चोर पक्राउ
बाँके प्रहरीले नेपालगञ्ज बजारमा दिउँसै चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ।

दुई दिनअघि चारबाहिनीस्थित अडिटर कार्यालयबाट चोरी भएको तीन वटा ल्यापटप र दुई वटा मोनिटरसहित तीन जना पक्राउ परेका छन्। अर्का एकजना मोटरसाइकल चोर्दा चोर्दै पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले बब्बु भन्ने सैयव अलि ढपाली, सलमान राई र समीर राईलाई ल्यापटप र मोनिटरसहित पक्राउ गरेको हो। त्यस्तै, सद्दाव राईलाई मोटरसाइकल चोर्दा चोर्दै पक्राउ गरिएको छ।

नेपालगञ्ज बजारमा दिउँसै चोरीका घटना बढेपछि प्रहरीले विशेष सर्च अप्रेसन टोली परिचालन गरिएको छ। बजारमा भने रातिमा भन्दा दिउँसै ठूल्ठूला चोरी भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्