दुर्घटना

जिपको ठक्करबाट दाजुभाईको मृत्यु

By Thah Online

January 27, 2022

बारा । जिपले गए राति मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपको ठक्करबाट कलैया–५ का शीतल साह कानु र नरेश साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका दाजुभाइलाई उपचारको लागि वीरगन्ज अस्पताल पुर्‍याइएको थियो । थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगेपछि उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो ।

दुई दाजुभाइ आफ्नो राइसमिलबाट बुधबार राति घरतिर फर्किँदै थिए । सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाइ चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको जिपले ठक्कर दिएको थियो ।