गोपाल लोहारको ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )



काठमाडौं – अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’को साथमा आएका छन्। गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा  दीपक शर्माले सङ्गीत रहेको छ।  यस गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गरेका हुन्।

यसै भिडियो मार्फत कलाकार विजय बराल र उनकी श्रीमती प्रमीला खनाल पहिलो पटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्। श्याम तामाङले छायाङ्कन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।

गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको  हो। यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका थुप्रै भिडियोहरू सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्