काठमाडौं । काठमाडौँबाट १२ हजार थान नक्कली मास्कसहित चार जना प’क्राउ परेका छन् ।
उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री वितरण गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
प’क्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय बुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्ने भारत राजस्थान बस्ने नक्कली मास्क सप्लायर्स यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर सङ्खुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरिएको छ ।
बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।