“खै कोरोना के हो!”



कविता

भन्छन् खै कोरोना के हो के हो!
न त भाले हो न त पोथी नै हो !

न त यसलाई आफ्नो बनाउन सकियो।
न त तातो छ यो न त चिसो छ यो!

खै भाले हो कि पोथी हो यो!
बच्चा नै जन्माएको देखिदैन !

तर संसार डाँडा काँडा ढाकी सक्यो !
ओझा बिजुवाले संसार भाकिसक्यो!

मान्दैन अब ता सिटामोल पनि सबै ताकिसक्यो!
भन्न हे कोरोना खै त जोर हो कि बिजोर!

बिज्ञानले सिटिस्क्यान गर्दा नि निकाल्न सकेन निचोड!
बुहानमा जन्मे पनि पत्तै लागेन मुहान !

लौन हे भृकुटी चेली तिम्रो छोरो हाम्रो भान्जोलाई भन हिमाल पारी नहान!
संसार ढाकिसक्यो न त विरुवा छ न त छ कलामी!

सानाको लास उठाउने मान्छे हुदैनन् !
ठूलालाई दिन्छ्स तैले किन एक्काइस तोपको सलामी!

लौन हे कोरोना अब त भागी जा!
गाउँ शहर चारैतिर समवेदनाले ढाकिसक्यो!
यमराजको गर्जनले मानव मस्तिष्कमा कालो बादल लागिसक्यो!
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्