कविता
भन्छन् खै कोरोना के हो के हो! न त भाले हो न त पोथी नै हो !
न त यसलाई आफ्नो बनाउन सकियो। न त तातो छ यो न त चिसो छ यो!
खै भाले हो कि पोथी हो यो! बच्चा नै जन्माएको देखिदैन !
तर संसार डाँडा काँडा ढाकी सक्यो ! ओझा बिजुवाले संसार भाकिसक्यो!
मान्दैन अब ता सिटामोल पनि सबै ताकिसक्यो! भन्न हे कोरोना खै त जोर हो कि बिजोर!
बिज्ञानले सिटिस्क्यान गर्दा नि निकाल्न सकेन निचोड! बुहानमा जन्मे पनि पत्तै लागेन मुहान !
लौन हे भृकुटी चेली तिम्रो छोरो हाम्रो भान्जोलाई भन हिमाल पारी नहान! संसार ढाकिसक्यो न त विरुवा छ न त छ कलामी!
सानाको लास उठाउने मान्छे हुदैनन् ! ठूलालाई दिन्छ्स तैले किन एक्काइस तोपको सलामी!
लौन हे कोरोना अब त भागी जा! गाउँ शहर चारैतिर समवेदनाले ढाकिसक्यो! यमराजको गर्जनले मानव मस्तिष्कमा कालो बादल लागिसक्यो! धन्यवाद ।