26 फागुन
नेपालगंज । जिल्लामा क्रान्तिकारी मजदूरहरुले नयाँ नेतृत्व चयन गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ बाँकेको जिल्ला भेलाले दिपक ओलीको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन अायोजनक समिति चयन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज रामलाल विश्वकर्माले पुँजिवादी मजदूरमारा व्यवस्था भएको बताउँदै वैज्ञानिक समाजवादमा मात्रै मजदूरहरुले अधिकार पाउने बताए ।
उनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउन सबै एकजुट हुनुपर्ने धारणा राखे ।
महासंघले मजदूरहरुमाथि भइरहेका शोषणविरुद्ध संघर्षका कार्यक्रम समेत ल्याउने बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।