अब म्यासेन्जरमा भएका कुराकानीको स्क्रिन सट लिएको थाहा हुने



काठमाडौं । म्यासेन्जरको इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचरलाई थप सुरक्षित र प्रभावकारी बनाउन मेटा (फेसबुकं) ले नयाँ फिचरहरू थप गरेको छ । म्यासेन्जरमा उपलब्ध सेक्रेट कन्भर्सेसनलाई नै डिफल्ट बनाउने योजनामा रहेको कम्पनी व्यापक आलोचना पश्चात त्यसबाट पछि हटेको छ ।

यस्तोमा कम्पनीले सेक्रेट कन्भर्सेसन मै थप फिचरहरू उपलब्ध गराएको छ । यो सँगै अब म्यासेन्जरको सेक्रेट कन्भर्सेसनमा अर्थात इन्ड–टु–इन्ड इन्क्रिप्सन युक्त च्याटमा भएको कुराकानीको स्क्रिन सट कसैले लिएमा त्यसको नोटिफिकेशन अर्को प्रयोगकर्तालाई जाने भएको छ ।

त्यसैगरी कसैले यसरी कुनै संवेदनशील कुराको स्क्रिन सट लिएको छ भने तपाईंले यो कुराको रिपोर्ट पनि गर्नसक्नुहुनेछ ।  यो लगायत अब इन्ड–टु–इन्ड इन्क्रिप्टेड अथवा सेक्रेट कन्भर्सेसनमा गिफ, स्टिकर, रियाक्सनहरू पनि पठाउन सकिने भएको । त्यस्तै यो च्याट रुममा शेयर भएका फाइलहरू पनि सेभ गर्न सकिने छ ।  टेकपानाबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्