कांग्रेसको कार्यसम्पादन समिति गठन, को-को अटाए ? (सूचीसहित)



काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। भर्चुअल रूपमा आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो। विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा कार्यसम्पादन समिति गठनबारे पेस गरेको प्रस्ताव अनुमोदन भएको छ।

वर्तमान कार्यसमितिका १३ पदाधिकारीबाहेक सभापति शेरबहादुर देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन्। कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ। १४ पदाधिकारीसहित ४५ सदस्यीय नियुक्त गर्न पाउने भए पनि सभापति देउवाले कोषाध्यक्ष नियुक्त नगर्दा हाल १३ पदाधिकारी मात्र छन्। ३१ केन्द्रीय सदस्यलाई मनोनीत गर्न पाउने भए पनि देउवाले २४ जनाको मात्र नाम कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्।

कोषाध्यक्ष नियुक्त भएपछि थप ६ जनालाई सभापतिले मनोनीत गर्न सक्छन्। त्यसरी मनोनीत हुनेबाहेकको व्यक्ति प्रवक्ता भएमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ। कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन्। त्यस्तै केही सिनियर केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन्। सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएका छन्।

केन्द्रीय कार्यसम्पादन समिति यस्तो छ:

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन्।

त्यस्तै गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही कार्यसम्पादन समिति सदस्यमा समेटिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्