सैघाली खबर
दाङ,२६ फागुन
तुलसीपुरमा भएको पुरुष तर्फको बिच गेम प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरपालिका वडा नंबर ३ ले हात पारेको छ । तुलसीपुर १२ मा रहेको बबई नदीको किनारमा भएको बिच गेम प्रतियोगिताको उपाधी वडा नंबर ३ ले हात पार्न सफल भएको हो । तुलसीपुर ११ र ३ बीच शुक्रबार भएको अन्तिम खेलमा २१–९ र २१–११ को सोझो सेटमा वडा नंबर ३ बिजयी भएको हो ।
त्यस्तै वडा नंबर ११ द्धितिय र ७ तृतिय भएका हुन् । त्यस्तै प्रथम मेयर कप महिला बिच भलिबल प्रतियोगिताको उपाधी तुलसिपुर ९ ले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा तुलसिपुर ६ लाई २१–११ र २१–१८ को सोझो सेटमा पराजित गर्दै जानकी राना र मनिशा ओलीको टिमले उपाधि चुम्न सफल भएको हो ।
उपाधि प्राप्न गर्न सफल भएका पुरुष र महिलाको समुहले २५÷२५ हजार नगत, कप तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै दृतिय हुने समुहले नगद १५ हजार, कप प्रमाणपत्र हात पारेको छ । र तृतिय हुने समुहले नगद १० हजार हात पारेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।