सिरहा लहान – स्थानीय चुनावको माग गर्दै सिरहाको गोलबजारमा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले प्रदर्शन गरेका छन्।गोलबजारको एबी मलको अगाडि बाट निकालिएको रयाली नगरपालिका भरी परिक्रमा गरी मुख्य चोकमा कोण सभामा परिणत गरेका थिए।
राष्ट्रिय युवा सङ्घ नेपालका मधेस प्रदेशका सह इन्चार्ज बैधयनाथ साह र जिल्ला संयोजक जयप्रकाश शर्माको नेतृत्वमा विरोध कार्यक्रम निकालिएका थिए।कोण सभा सँगै प्रदेश सरकारको प्रधानमन्त्री शेर बहादुर देउवा र भौतिक योजना तथा निर्माण यातायात मन्त्री रेणु यादवकी पुतला दहन गरेकी छिन।
मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साहको अध्यक्षतामा सयौँ युवाहरूले रक्त दान गरेका थिए। कोरोना कहरको कारण देशमा हुँदै गरेको रक्तको अभावको मध्य नजर गर्दै देशमा आई परेको समस्यामा सहयोगको अपेक्षाको भावनाले रक्त दान गरेका थिए।राष्ट्रिय युवा सङ्घका जिल्ला सदस्य वीरेन्द्र सिंह लगायतका सयौँ युवाहरूले रक्तदान गरेका थिए।
उक्त विरोध कार्यक्रममा प्रभावशाली नेता शिवशङ्कर महतो, मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साह,मधेस प्रदेशको सचिव इन्देश राउत,जिल्ला संयोजक जय प्रकाश शर्मा, केन्द्रिय सदस्य शोभा बराल,युवा नेता धर्म राज चौधरी, जिल्ला सदस्य वीरेन्द्र सिंह लगायतका हजारौँ युवाहरूको सहभागिता रहेको थियो।
अराजक मन्त्री रेणु यादव लाई बर्खास्त गर,स्थानीय निर्वाचनको मिति घोषणा गर,पेट्रोलीम पदार्थको मूल्य वृद्धि खारेज गर,किसानहरूलाई खाद्य मल सहरूपमा उपलब्ध गर, लिपुलेक लिम्पियाधुरा कालापानी हाम्रो हो हाम्रो हो,भ्रष्टाचार भन्द गर राष्ट्रिय युवा सङ्घ नेपाल जिन्दाबाद,नेकपा एमाले जिन्दाबाद प्रदेश सरकार मुर्दावाद, केपी ओली जिन्दाबाद लगायतका नारा घन्काउँदै विरोध रयाली निकालिएका आयोजक कमिटीले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।