बेलायती टेनिस खेलाडीलाई तनाव दिएको प्र’करणमा अमृत मगर दोषी ठहर



काठमाडौं । बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई घरमै पुगेर तनाव दिएको प्रकरणमा एक ‘नेपाली’ दोषी ठहर भएका छन् । अदालतले ती नेपाली युवकलाइ एम्मा र्‍याडुकानुको स्वतन्त्रता खोसेको भन्दै दोसी ठहर गरेको हो ।

बेलायतको खेलाडी एम्माले एक नेपाली कयुवकमार्फत तनावग्रस्त भएको भन्दै केहीसमय अघि अदालतमा निवेदन दिएका थिइन् । 

उक्त निवेदनपछि तनाव दिने नेपाली ३५ वर्षीय अमृत मगरलाई प्रहरीले प’क्राउ गरेको थियो । उनलाई एम्मा र्‍याडुकानुको घरको सीसी क्यामेराको आधारमा प’क्राउ गरिएको बताइएको छ । पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा राडुकानुको घर गएका मगर डिसेम्बर महिनामा भने बारम्बार त्यहाँ पुगेको बताइएको छ ।

मगर लन्डनस्थित एजवेयर बस्दै आएका थिए । उनी विवाहित पनि हुन् । उनले एम्मा र्‍याडुकानुको घरमै पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा बताइएको थियो ।

नामको आधारमा मगर नेपाली मूलको रहेजस्तो देखिएपनि उनको कानुनी पहिचानबारे कतै उल्लेख छैन । १९ वर्षीय  एम्माले गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि जितेकी थिइन् ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्