‘तिमीलाई  मेरो आफ्नो बन्न’ यस्ती देखिइन जिशु ( भिडियो )



काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बिचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई  मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ।  सुजन कँडेलको शब्द रहेको यस गीतमा   सङ्गीत राम कुमार रिमालको सङ्गीत  रहेको छ। नारायण दंगालले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्।श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ।

मिलन विश्वकर्माले  सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो।  भिडियो जिशु कोइरालाको अफिसिएल  च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनीत   ‘हेर्ने हो र देखाइदिम’ र ‘कसो गर्ने होला’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्