पढाउन छोडेर सल्यानका शिक्षकहरु नगरपालिकातीर



शारदा नगरपालीकाले शिक्षकहरुकाे तलब निकासा नगरेकाे भन्दै शिक्षक महासंघ शारदा नगर समिति सल्यानले ध्यानाकर्षण पत्र बुझाएको छ ।

शारदा नगरपालिकाका नगरप्रमुख प्रमुख शुरेस अधिकारीलाई आज बुझाएकाे ध्यानाकर्षण पत्रमा जिल्लाका अन्य स्थानिय तहले शिक्षक तथा बिद्यालय कर्मचारीहरुको तलब निकासा गरिसक्दा पनि शारदा नगरपालिकाले दोस्रो चौमासिक तलब समयमा निकासा नगरेकाले यथाशिघ्र तलब निकासा गर्नुपर्ने माग लेखिएकाे छ ।

शिक्षक महासंघ शारदा नगर समितिका अध्यक्ष बायू कुमार ब्राहमणबाट ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख शुरेस अधिकारीले यस्तो कार्यमा जिल्ला शिक्षा कार्यालय सल्यानको दोष रहेको बताएका छन् ।

उनले जिल्ला शिक्षा कार्यालयले अर्थ तथा शिक्षा मन्त्रालयमा शिक्षक तथा बिद्यालय कर्मचारीको सँख्या बिबरण कम पठाएको कारण रकम धेरै अपुग भएकाले तलब निकासा गर्न नसकिएको बताएका छन् ।

यसका लागि आबश्यक पहल थालनी गरिएको नगरप्रमेख अधिकारीले बताए ।

यसै बिषयमा नेपाल राष्टिंय शिक्षक सँगठन सल्यानले पनि शिक्षक तथा कर्मचारीको तलव निकाशा छिटोभन्दा छिटो हुनुपर्ने दबाब दिनका लागि शिक्षक महासँघ शारदा नगर समितिलाइ पत्राचार गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्