अपरेशन लिमा : डेढ करोडको ‘अवैध’ ब्याक लेबल र रेड लेबल बिक्री गर्ने चारजना प’क्राउ




काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गर्दै आएको आ’रोपमा महानगरीय अपराध महाशाखाले काठमाडौँबाट चार जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई रहेका छन् ।

प्रहरीका अनुसार घिमिरे नेपाली सेनाका पूर्वहवल्दार हुन् भने सन्तोष चन्द्र बाख्रेल दरबारमार्ग स्थित कपडा सोरुम बिईङ ह्युमेनको सञ्चालकमध्येका एक हुन् ।

बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको महाशाखाले जनाएको छ । भारतबाट मदिरा चोरी पैठारी गरी
भन्सार छलेर ठुलो परिमाणमा महँगा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा आधारमा महाशाखाले मदिराविरुद्धको अपरेसन चलाएको थियो। उक्त अप्रेशनलाई ‘अप्रेशन लिमा’ नाम दिएको थियो ।

रवि भन्ने भारतीय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा  भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको  अनुसन्धानमा खुलेको महाशाखाको दाबी छ ।

प्रहरीले २९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल र ब्ल्याक लेबल बरामद गरेको छ । उनीहरूले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परीक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।

उनीहरूलाई चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्