काठमाडौँ । कोरोना भाइरस फैलाउँदै हिँडेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।
सूर्य विनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।
उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू कोभिड सङ्क्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले आयोजना गरेको कार्यक्रम सहभागी भई हुलहुज्जत गरी आफूलाई सामान्य सङ्क्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘यसरी आफू कोरोना सङ्क्रमण फैलाउने कार्य गरी सङ्क्रामक रोग ऐन २०२० विपरीत कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवश्यक कारबाही गरी पाउ’, उजुरीमा लेखिएको छ।
हेर्नुहोस् उजुरी:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।