अन्तरजातीय बिवाह गरेका जोडी जीवन रक्षाको माग गर्दै दलित आयोगमा दिए उजुरी 



काठमाडौँ । यही पुस १५ गते बिवाह बन्धनमा बाँधिएका कृष्ण रिजाल ( बिक) र मञ्जु ब्लोन ( तामाङ ) यति बेला जीवन रक्षाको लागि भौँतारिएका छन् ।

सर्लाही हरिवनका मञ्जु र कृष्ण विगत ४ वर्ष देखि प्रेम सम्बन्धमा थिए । ब्याचलर दोस्रो बर्समा अध्ययनरत वर्ष २२ कि हुन् भने काठमाडौँमा व्यवसाय गर्ने कृष्ण रिजाल वर्ष २८ का हुन् । ४ वर्षको प्रेमलाई सफल बनाउन पुस ९ गते दुवैको सरसल्लाहमा भागी काठमाडौँ आइ भक्तपुरको बागेश्वरी मन्दिरमा पुस १५ गते बिवाहा गरेका थिए।

आफूले मन पराएको र मायाको गरेको केटासँग बिवाहा गरे भनेर जानकारी परिवारलाई गराउँदा समेत अन्तरजातीय प्रेम र बिवाहलाई आफ्नो परिवारले अस्वीकार गरी महानगरीय प्रहरी परिसर टेकुमा ” म ” हराएको भनी निवेदन मेरो परिवारले हाल्नु भयो ।

हामी दुबई श्रीमान्, श्रीमती डरले सम्पर्क विहीन भएर लुकेर बसेका थियौ तर टेकुमा हराएको निवेदन परे पछि मेरो जेठाजुलाई प्रहरीले बोलाउने , धम्काउने केटाकेटी तुरुन्तै सम्पर्कमा ल्याउनु , लिएर आउनु नत्र तिमीलाई नै अपहरणको मुद्दा चलाउँछौ भनी दुख दिए पछि हामी दुवै श्रीमान्, श्रीमती नै पुसको २६ गते टुकु प्रहरीको सम्पर्कमा उपस्थित भयौ ।

बिवाहा गर्ने उमेर पुगेको र हामीले बिवाहा गरेको हुँदा प्रहरीले हराएको निवेदन आएको र भेटिएको भनी साइन गराए । मेरो परिवारले यो केटासँग नबस भन्दै मलाई कुटपिट , लछारपछार गर्दा पनि म माइत मेरो श्रीमान् छोडेर जान्न भने । म मेरो श्रीमानसँग नै खुसीले बसेकी छु । पछिल्लो दिनहरू मा मेरो जेठाजु लाई फेरि टेकुबाट फोन गर्दै केटाकेटी उपस्थित बना भन्दै फोन गर्ने विभिन्न मेरा नाता पर्ने र नपर्नेले समेत फोन गर्दै मेरो खोजतलास गर्ने , भेटेमा मलाई छुटाएर लैजाने भनेर आफू बाहिर निस्किन नसकेकोको बत्ताउँछिन् ।

विवाहित जोडीले आफूहरू र आफ्नो परिवार नै असुरक्षित भएको हुँदा मानव अधिकार संरक्षण र जीवन रक्षाको लागि राष्ट्रिय दलित आयोगमा पुगी आफूहरू स्वतन्त्र बाच्न पाउने वातावरणको सिर्जना गर्न अपिल गरेका छन् ।

दलित आयोगका अध्यक्ष देवराज विकले बिवाहा गर्ने उमेर पुगिसकेको अवस्थामा राजिखुसी बिवाहा गर्न पाउने , जीवन साथी चुन्न पाउने अधिकार सबैको भएको हुँदा कानुनी रूपमा उनीहरू परिपक्व छन् । उनीहरूको जीवन रक्षाको लागि आयोगले पूरा साथ दिने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगमा प्रवक्ता डा टिकाराम पोख्रेलले निवेदन लिँदै उमेर पुगेका विवाहित जोडीलाई जातको कारण दुख दिनु , छुटाउनु मानव अधिकारको हनन हो । आयोगले यो घटनालाई सिरियस लिएर अगाडि उनीहरूको मानव अधिकारको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्ति गरे । मानसिक दबाब थेग्न गाह्रो भो – जेठाजु

मञ्जुका जेठाजु अर्थात् केटाको दाजुले भाइले बिवाहा गर्‍यो मलाई केटाकेटी सम्पर्क नहुँदा पनि असाध्यै टचर गरे र अहिले जब प्रहरी मै केटाकेटी उपस्थिति भै केटीले आफूले बिवाहा गरिसकेको भनेर सबै बताए र माइती समेत उपस्थिति भएर केटी आफ्नो श्रीमानसँग खुसीले बसेको अवस्थामा पनि फेरि उपस्थित गरा केटाकेटी भन्दै मलाई प्रहरीबाट फोन गर्ने केटाकेटी भएन भने तिमी आफै आऊ भन्ने , केटीको नम्बर दिन्छु भन्दा पनि नहुने ।म मेरो पसल खोल्न पाएको छैन एकदमै डर , त्रासमा बसेको छु । उमेर पुगेर राजिखुसिले बिवाहा गर्छन् मेरो के गल्ती ?

आफूहरू स्वतन्त्र बस्न र बाच्न पाउनको लागि न्यायको अपिल गरेका छन् । अधिकारकर्मी सरु सुनारले जातीय छुवाछूत र विभेदका कुरा भाषण गर्ने टपिक्स बन्यो तर आफ्नो परिवारमा पर्दा अहिले पनि सजिलै दलित समुदाय को छोरालाई ज्वाइँ र छोरीलाई बुहारी स्वीकार गर्न समाज तयार भएको छैन ।

आफ्ना छोराछोरीको खुसी र चाहना भन्दा ठुलो यो ” जात ” देख्ने सोच बदल्न ठुलै समाजमा सघर्स गर्न पर्ने आवश्यकता रहेको बताइन् ।

यस्तो छ राष्ट्रिय दलित आयोगमा दिएको उजुरी :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्