सरकारले चुनाव सार्ने सरकारी निर्णयबारे राजपाले धारणा बनाउँदै ।।



असार, २

RaJaPa

सरकारले प्रदेश २ को निर्वाचन सारेपछिको रणनीति बनाउन राजपाको बैठक बस्दैछ । २ नम्बर प्रदेशको चुनाव तीन महिना सार्दै अन्य तीन प्रदेशको चुनावमा सहभागी हुन आग्रह गरेपछि राजपाले त्यस विषयमा आज निर्णय गर्ने भएको छ । आज बस्ने अध्यक्ष मंडलको बैठक दिउँसो काठमाण्डुको विजुली बजारमा बस्नेछ । संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि लगायत मागलाई पूर्वशर्तका रूपमा अघि सारेर निर्वाचन लक्षित आन्दोलन घोषणा गरेका राजपा नेताहरूले निर्वाचन सार्ने निर्णयमा आफ्नो समर्थन नरहेको भन्दै माग पूरा नभई निर्वाचनमा नजाने बताएका छन् । अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले आज पार्टीको बैठक बसेर आधिकारीक धारणा बनाउने बताउनुभयो । तर राजपा २ नम्बर प्रदेशमा मात्रै चुनाव सार्ने विपक्षमा रहेको उहाँले बताउनुभयो । प्रदेश नम्बर १, ५ र ७ चुनावमा मेनोनयन दर्ता गर्ने वा नगर्ने भन्नेमा पनि छलफल हुने उहाँले बताउनुभयो । हिजो बसेको सत्ताधारी दल र राजपाको बैठकले प्रदेश १, ५ र ७ को निर्वाचन आसार १४ गते नै गर्ने तर निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई दिनपछि असार ४ गते आइतबार गर्ने सहमति गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्