युक्रेन विवाद : आफ्नो सीमाबाट सैनिक फिर्ता लैजान रुसलाई आग्रह



एजेन्सी । युक्रेनले रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान आग्रह गरेको छ । रुसको सेना युक्रेनको सीमामा परिचालन गरिएपछि उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्का अमेरिकालगायत पश्चिमा मुलुकले गरेका छन् ।

अल जाजिराका अनुसार यस्तोमा युक्रेनले रुसलाई आफ्नो सेना फिर्ता लैजाँदै निरन्तर वार्ताको माध्यमबाट अहिलेको समस्या समाधानको लागि आग्रह गरेको हो । युक्रेनका विदेश मन्त्री डीमिट्रो कुलेबाले सामाजिक सञ्जाल ट्विटर मार्फत रुसलाई यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन् , ‘यदि रुसका अधिकारीहरू साँच्चीकै गम्भीर छन् र उनीहरूले नयाँ युद्ध चाहँदैनन् भने रुस निरन्तर कूटनीतिक सम्पर्कमा रहनु पर्छ र आफ्ना सेना युक्रेनको सीमा तथा अस्थायीरुपमा कब्जा जमाएको युक्रेनको भूमिबाट फिर्ता लैजानु पर्छ । कूटनीति एक मात्र जिम्मेवार पूर्ण मार्ग हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्