रेस्टुरेन्टभित्र अनलाइन जुवा, चार महिलासहित ७४ जना प’क्राउ



काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइनमार्फत् जुवा खेलमा संलग्न रहेको आरोपमा ७४ जनालाई प’क्राउ गरेको छ। ‘पक्राउ पर्नेहरुमा ६६ पुरुषसहित ४ महिला रहेका छन्।

बौद्धस्थित प्लटिङनजिकै सञ्चालित रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरू प’क्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘दोलखा घर भइ हाल बानेश्‍वर बस्ने ३० बर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्‍टुरेन्टमा ठूलो संख्यामा मानिसहरु भेला भएर अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी बिशेष सूचनाको आधारमा परिसर र प्रहरी बृत्त बौद्दबाट संयुक्तरुपमा खटी गएको प्रहरी टोलीले उनीहरुलाई प’क्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ लाख १९ हजार नगदसहित बट्टाभित्र ७० हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्