अपराध

अंश विवादमा बन्चरोले हानेर छोराले गरे बाबुको ह’त्या

By Thah Online

January 31, 2022

कैलाली । अंशको विवादलाई लिएर कञ्चनपुरमा एक युवाले आफ्नै बुबाको ह त्या गरेका छन् । 

जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले रामविलासलाई प’क्राउ गरेको हो  । आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी चक्रबहादुर शाहीले जानकारी दिनु भयो ।

रामविलासलाई रातिनै प’क्राउ गरी घटना थप अनुसन्धान गरिरहेको जनाएको छ ।