किन सुन्निन्छ अण्डकोषरु यस्ता छन् ७ कारण



अण्डकोष पुरुषको प्रजनन् गर्न्थी हो। यसले शुक्रकीट बनाउने हर्मोन उत्पादनको काम गर्छ। गर्वमा रहँदा सात महिनासम्ममा अण्डकोष बच्चाको शरीरभन्दा बाहीर हुन्छ। गर्वको सातौँ महिनापछि भने अण्डकोष आफ्नो स्थानमा आउने गर्छ। त्यसरी आउँदा यसले ुपेरिटोनियमु नामको एक किसिमको पत्र सँगै बोकेर आएको हुन्छ। यसलाई ुप्रोसेस भेजाइनालिसु भनिन्छ। बिस्तारै यो पत्र आफैँ बन्द भएर जान्छ। अण्डकोष संवेदनशील ग्रन्थी हो। अण्डकोषमा आउने समस्याको समयमै उपचार गरिएन भने यसले स्वास्थ्यमा दीर्घकालीन असर निम्त्याउँछ। पुरुषहरुले कुनै न कुनै समयमा अण्डकोष सुन्निएको महसुस गरेका हुन सक्छन्। अण्डकोष सुन्निनुका विभिन्न कारण हुन्छन्।

१ हाइड्रोसिल

अण्डकोष सुन्निने कारणमध्ये हाइड्रोसिललाई प्रमुख मानिन्छ। हाड्रोसिल प्रोसेस भेजाइनालिसमा पानी जमेपछि देखा पर्ने समस्या हो। यो समस्या सबै उमेर समूहका पुरुषमा देखा पर्न सक्छ। तर, बालकहरुलाई प्रोसेस भजाइनालिस बन्द हुन नसकेकाले हाइड्रोसिल हुने गर्छ। बच्चामा हुने हाइड्रोसिल एक प्रकारको हर्निया ९अंग वा आन्द्रा बाहिर निस्किए जस्तै० हो।

२ अण्डकोषको संक्रमण

कुनै किसिमको संक्रमण भए पनि अण्डकोष सुन्निने गर्छ। अण्डकोषको संक्रमणलाई ुअर्थाइटिसु भनिन्छ। यस्तो संक्रमणमा हुँदा इन्फेक्सन भाइरल, ब्याक्टेरियल वा क्षयरोग ९टिबी० भएको हुन सक्छ। धेरैलाई यी र यस्तै संक्रमणका कारण अण्डकोष सुन्निने गरेको पाइन्छ। भाइरलमा सबैलाई हुने भनेको ुहाँडेु आउनु हो। हाँडे आउँदा अधिकांशलाई अण्डकोष सुन्निने समस्या देखिन सक्छ। ब्याक्टेरियलमा पिसाबको संक्रमण गराउने किटाणूहरुले पिसाबनलीबाट सरेर अण्डकोषको संक्रमण गराउँछन्।

अण्डकोष सुन्निनुको अर्को कारण क्षयरोग पनि हो। हामीले क्षयरोगको संक्रमण छातीमा मात्र हुन्छ भन्ने सोचेका हुन्छौँ। तर, क्षयरोग शरीरको जुनसुकै भागमा र अंगमा हुन सक्छ। अण्डकोष पनि क्षयरोग हुन सक्ने सम्भावित अंग हो। क्षयरोग भएमा पनि बिस्तारै अण्डकोष सुन्निदै र बढ्दै जान्छ।

३ हर्निया

हर्निया अण्डकोषसम्म पुग्दा अण्डकोष सुन्निने हुन्छ। यसलाई ुइनगुइनल हर्नियाु भनिन्छ। पेटभित्रको आन्द्रा र अरु अंग सरेर अण्डकोषसम्म आएपछि अण्डकोष सुन्निने समस्या आउँछ। अधिकांश मानिसले हर्नियालाई बेवास्ता गर्छन् र पछि त्यही हर्नियाका कारण अण्डकोष सुन्निन थाल्छ। यस्तो समस्या हुँदा सुत्तदाखेरि वा चलाउँदाखेरि अण्डकोष दुख्ने गर्छ।

४ ट्युमर

अण्डकोषमा पलाउने ट्युमरका कारण पनि अण्डकोष सुन्निन्छ। अण्डकोषको ट्युमर सामान्यतया १० देखि ३० वर्ष उमेर समूहकालाई हुने गर्छ। अण्डकोषमा ट्युमर भइसकेपछि त्यो छिट्टै अरु ठाउँमा सर्ने सम्भावना हुन्छ। यो विशेषगरी पेटभित्रको ुलिम्फ ग्ल्यान्डुमा सर्ने सम्भावना हुन्छ। यसलाई अण्डकोषको क्यान्सर पनि भनिन्छ।

५ चोटपटक

अण्डकोषमा सामान्य चोटपटक लाग्दा पनि नशा फुटेर रगत जम्मा हुन सक्छ र अण्डकोष सुन्निन्छ। यसलाई ुहेमाटोमाु भनिन्छ।

६ टर्सन अफ टेस्टिस

ुटर्सन अफ टेस्टिसु भन्नाले अण्डकोषको रक्तनशा बटारिने समस्या हो। यो समस्या विशेषगरी यौवन अवस्थामा देखा पर्छ। नशा बटारिएको बेलामा अण्डकोष दुख्ने र सुन्निने हुन सक्छ। टर्सन अफ टेस्टिस भएको चार घण्टाभित्र उपचार हुन सकेन भने अण्डकोषले काम नगर्न सक्छ। यसका लागि समयमै चिकित्सकको सल्लाह लिनुपर्छ।

७ भ्यारिकोसेल

भ्यारिकोसेल अण्डोषबाट पेटमा जाने रगतका नशाहरु फुट्दा हुने जटिल समस्या हो। यसमा दाँयाभन्दा बाँया अण्डकोषमा बढी असर पर्ने गर्छ। यसले शुक्रकीटको प्रजनन क्षमतामा असर पार्ने भएकाले यो समस्याको समयमै उपचार गर्नुपर्छ।

प्रस्तुतिः पारसविक्रम शाही

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्