अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र 



बझाङ । अनेरास्ववियु बझाङले ज्ञापन पत्र बुझाएको छ । बझाङ जिल्लामा अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो ।

संविधान सम्वत स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै, अनेरास्ववियुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको हो । पछिल्लो समय गठित सरकारले निर्वाचन गर्न आनाकानी गरेको भन्दै समयमै निर्वाचन गराउन आज अनेरास्ववियु बझाङका संयोजक दिलबहादुर खातीको सँयाेजगत्वमा ज्ञापन पत्र बुझाउँदै उहाँले भन्नू भयो अहिलेको निकम्मा सरकारले निर्वाचन टार्ने उदश्य राखेको भन्दै यदि समय र सविधानत निर्वाचन नगरे अनेरास्ववियु जुनसुकै कदम चाल्न बाध्य हुने अनेरास्ववियु बझाङको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्