बिश्वका मानिसहरु बीच बर्ग विभाजनको ठुलो खाडल देखिन्छ ।
विश्वमा रहेका दुईवटा बर्गलाई नजर अन्दाज गर्दा एउटा बर्ग भनेको धनपैसाले सम्पन्नशालि मानिसहरु र आर्को बर्ग भनेको धनपैसा बिहिन खानलाउन नपुग्ने मानिसहरु हुन् ।
यी बर्गका मानिसहरु बीच देखिने ठुलो असमानताको कारक तत्व भने श्रम नै हो ।
दिनमा १० घण्टा कामगर्नेहरु संग धनसम्पत्ति छैन तर दिनमा सिन्को पनि नभाँच्नेहरु धनसम्पत्तिमा मालिक छन् । त्यसकारण संसारभरि बर्ग बिच असमनताको लडाई हुनेगर्छ ।
सम्पन्नशालि मानिसहरु श्रम देखि धेरै टाढा बस्छन । त्यसकै उदाहरण हुन् हाम्रा देशका नेताहरु ।
एक हिसाबले भन्ने हो भने खाना खानु र दिशा गर्नु बाहेक अन्य सबै कामहरु उनका दासहरुले गर्छन । देशका तिनै मानिसहरुले भिआइपीको दर्ज पाएका छन् ।
यिनै नेताहरु सामु अमेरिकाका राष्ट्रपति बाराक ओबामा एक उदाहरणीय व्यक्ति हुन् । यिनै ओबामाको ब्यबहारबाट हाम्रो देशका भिआइपीहरुले धेरै कुरा सिक्नु पर्छ, अनि मात्र विश्वलाई राजगर्न पाइन्छ ।
बाराक ओबामाको एउटा तस्बिर भाइरल भएको छ ।
उक्त तस्बिरले हाम्रा देशका नेताहरुको घैटोमा कहिले घाम लाग्छ ? संदेश दिरहेको छ । यदि विश्वमा साम्राज्य फैलाउने नै हो भने श्रम सँग साइनो जोड्नु पर्छ नत्र गालि र सराप मात्र पाइन्छ ।
जागिर खोज्दै ओबामा
बिश्वकै शक्तिशाली व्यक्तिको रुपमा चिनिने अमेरिकाका राष्ट्रपति बाराक ओबामाका २ छोरी छन् । अमेरिकी विशेषाधिकार प्राप्त शासा र मालिया ओबामालाई सायद कुनै कुराको अपुग छैन होला र उनिहरुलाई कुनै जागिर र कामको चाहनापनि पर्दैन होला |
तर, मेहेनतभन्दा ठूलो मानिसका लागि कुनै पनि धर्म हुँदैन भन्ने मानसिकता राख्ने राष्ट्रपति ओबामा र प्रथम महिला मिसेल ओबामा आफ्ना छोरीहरुका लागि जागिर खोज्नमा जुटेका छन् ।
कुनै समय आइसक्रिम पार्लरमा काम गरेका अमेरिकी राष्ट्रपती बाराक ओबामा र मिसेल ओबामाले मेहनत र परिश्रमको भावनालाई शिरोपर गर्दै फेरि एकपटक संसारको अगाडि एक उदाहरणको रुपमा उभिएका छन् ।
ओबामा दम्पती आफ्ना दुबै छोरीहरुलाई सुख सुविधाभन्दा टाढाको न्यूनतम पारिश्रमिक भएको क्षमता निखार्ने जागिरको खोजीमा लागेको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। एक अन्तर्वाताको क्रममा मिसेल ओबामाले यो विषयमा कुरा गर्दै हरेक सन्तानले कडा परिश्रमको स्वाद चाख्न जरुरी भएको बताइन् ।
राष्ट्रपति ओबामा पनि आफ्ना छोरीहरु बाहिर गएर काम गरुन् र साधारण मानिसहरुले जस्तै पैसाको महत्वको बारेमा जानून् भन्ने इच्छा प्रकट गरेका छन्। आफ्ना छोरीहरु बाहिर गएर काम गर्न र आफैले कमाएको पैसाको महत्व थाहा पाउनका लागि ओबामा दम्पत्तिले सहि अवसर खोजिरहेको बताए ।
मुखमा चाँदीको चम्चा लिएर जन्म लिएका र लाइम लाइटमा रहेको मानिसहरुका लागि यो एक राम्रो पाठ साबित भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।