सिरहा लहान -सिटीई भिटी अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरूले सिरहाको लहानमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूको एक समूहले परीक्षा लिने वातावरण सिर्जना गर,३ वर्षको पाठ्यक्रमलाई ७ वर्ष लगाउन पाउँदैन,सिटीई भिटीका सम्पूर्ण विद्यार्थीहरूको लागि रोजगारीको वातावरण सिर्जना गर,परीक्षा लिएको २ महिना देखि ३ महिना भित्र नतिजा प्रकाशन गर्ने वातावरण सिर्जना गर,लगायतका माग राख्दै सयौँ विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
लहान स्थित रहेका प्राविधिक शिक्षालयमा अध्ययनरत रहेका विद्यार्थीहरूले लहानमा भौसी जुलुस निकालिएका छन्।सिटीई भिटीका कर्मचारीहरू भैँसी हो भन्दै भैसिको संङ्या दिदै भैँसी जुलुस निकालिएका छन्।पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट निकालिएको जुलुस पूर्व पश्चिम राजमार्गमा विद्यार्थीहरूले आधा घण्टा चक्का जाम गरेका थिए।
केही बेर विद्यार्थीहरूले चक्का जाम गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दै,आन्दोलन बिथोलेका थिए।आन्दोलनको प्रभावले केही बेर लहान बजार तनावग्रस्त भएका थिए।दुई जना आन्दोलनकारी विद्यार्थी ससिन्द्र राज महतो र अमित कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।इलाका प्रहरी कार्यालय लहानको अगाडी विद्यार्थीहरूले प्रहरी प्रसारण मुर्दा वाद,प्रहरी दमन बन्द गर,पक्राउ गरेका विद्यार्थीहरूलाई रिहा गर,लगायतका माग राख्दै आन्दोलन गरेका थिए।
इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायब उपरीक्षक डा.तपन कुमार दाहालका अनुसार आन्दोलन गर्ने विद्यार्थीहरूले हामीलाई कुनै जानकारी नगराई एकासी अराजक शैलीमा आएर राजमार्ग जाम गर्नु भएन सर्वसाधारण व्यक्तिहरूको जीवन अस्तव्यस्त हुने र शान्ति सुरक्षामा खल्ल हुने गरी क्रियाकलाप गर्न मिल्दैन भने विद्यार्थीहरूलाई आग्रह गरेका थिए।तपाईंकोहरुको समस्या सिटीई भिटीसंग सम्बन्धित छ। सम्बन्धित निकायमा कुरा राख्नु पर्यो उनले बताए।
प्रहरीले आन्दोलन बिथोल्न खोज्दा युवाहरूले आक्रोशित भएका थिए। युवाहरूको एक समूहले राजमार्गमा गुड्दै गरेको हाईएसमा ढुङ्गा प्रहार गर्दा आधा घटना लहान बजार तनाव ग्रस्त भएका थिए। विद्यार्थी नेता ससिन्द्र राज महतोले आक्रोश हुँदै विद्यार्थी माथि गरेको दमन जाईज नरहेको भन्दै अब यो आन्दोलन दोन्न्दमा परिवर्तन हुन्छ उनले बताए ।हामीहरूको माग पुरा भएन भने देश भरी आन्दोलन गर्ने सिटीई भिटी कर्मचारीहरूलाई चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।