जनगणनाको प्रारम्भिक नतिजामा सांसदहरूको आपत्ति, पुनः गणना गर्न माग



काठमाडौँ । प्रतिनिधिसभाका सांसदले केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।

मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली काङ्ग्रेसकी सांसद प्रमीला राईले आफ्नो घरमा जनगणना गर्न गणक नै नआएको बताइन् । सांसद राईले सही तरिकाले जनसङ्ख्याको तथ्याङ्क नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छन् ।

उनले भने ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या तथ्याङ्क लिएको छैन, यो कुराहरू मैले मेरो टोलमा पाइन ।’ 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काठमाडौँको जनगणना नै तथ्यपरक नभएको बताए । ‘काठमाडौँमा जहिले पनि माइग्रेसन बढी हुन्छ । किन, यो राजधानी हो । यो अस्थायी माइग्रसशन सङ्घीयताले पनि रोकेको छैन । अरू जिल्लामा बढ्ने र काठमाडौँ नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्रो भएन कि ?’ उनले प्रश्न गरे । 

त्यस्तै  केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुनसक्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्