पहिलो पटक सेक्स गर्दा गर्भ रहँदैन !, सेक्स सम्बन्धी अनौठा भ्रम



हाम्रो नेपाली समाज अझैपनि रुढीबादी सोचले ग्रसित छ सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ । नेपाली समाजमा सेक्स सम्बन्धी केही भ्रम छन् जानकारी लिनुहोस ।

योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन

गर्भवती हुन लिङ्ग योनी भित्र छिराउनु नै पर्छ भन्ने छैन । महिलाको योनीको वरिपरि वीर्य झारेमा पनि गर्भवती हुने उत्तिकै सम्भावना हुन्छ । कतिपय महिलाहरूले पछाडि ९गुद्वारमैथुन० गरेमा गर्भवती हुँदैन भन्ने सोचेर पछाडि वीर्य झार्ने गर्दछन् । वीर्य गतिशील हुने हुनाले योनी भित्र पसेर गर्भवती बनाउन पनि सक्छ भन्ने बारेमा सचेत हुन आवश्यक छ ।

नीला फिल्महरूमा देखाए जस्तो वीर्य झर्ने बेलामा मात्र लिङ्ग बाहिर निकालेर वीर्यलाई पेटमा झार्दा पनि कहिले काहीँ गर्भवती हुन सकिन्छ । वीर्यको आयु एक दिनदेखि एक हप्तासम्मको हुने हुनाले, अघिल्लो पटक यौन सम्पर्क गर्दा लिङ्गमा टाँसिएर रहेको वीर्यले समेत गर्भवती बनाउन सक्छ ।

महिनावारीको बेलामा सम्भोग गर्नु हुँदैन

महिला महिनावारी भएको बेलामा पनि सेक्स गर्न हुन्छ । यस बेला सम्भोग गर्दा कुनै हानी नोक्सानी हुँदैन । यस्तो बेला योनीबाट रगतले निस्कने हुनाले सरसफाइमा भने विशेष ध्यान दिनु पर्छ । कयौँ अनुसन्धानहरूले महिनावारी भएको बेलामा सेक्स गर्दा झन् आनन्द हुने पनि देखाएका छन् ।

कुमारी केटीहरूको योनीबाट रगत आउँछ

योनीमा हुने पातलो झिल्ली पहिलो पटक सेक्समा गर्दा फुट्ने हुनाले योनीमा रगत देखिन सक्छ । तर त्यो झिल्ली फुट्न सेक्सनै गर्नु पर्छ भन्ने चैँ छैन । सो पातलो झिल्ली साइकल चढ्दा, पौडी खेल्दा, वा दौडिदा पनि फुट्न सक्छ । अझ कतिपय महिलाहरूले हस्तमैथुन गर्दा पनि लिङ्ग आकारका बस्तु योनीमा हालेर झिल्ली फुटाएका पनि हुन सक्छन् ।

एकचोटी मात्रै सेक्स गर्दा गर्भवती भइँदैन

एकै चोटिमा पनि हुन सक्छ। वीर्यको एक कण महिलाको डिम्ब सम्म पुग्यो भने महिला गर्भवती हुन्छिन् । टिनएजमा महिलाहरू बढी फर्टाइल हुन्छन् त्यसैले यो बेला सेक्स गर्दा विशेष सावधानी अपनाउनु पर्छ । सेक्स पछि योनीलाई सरसफाइ गर्ने, तातो पानी, चिसो पानी, साबुन, स्याम्पु आदि केहीले धोए पनि गर्भ रोक्न सकिँदैन । वीर्य योनी भित्र पसे पछि उफ्रने,दौडने आदि कुनै पनि प्रकारका क्रिया गरे पनि गर्भ रहन रोक्न सकिँदैन ।

क्यालेण्डर हेरेर सेक्स गर्दा गर्भवती भइँदैन

महिनावारीको क्यालेण्डर र गर्भ सिद्धान्तमा मात्र लागु हुन्छ । कहिले काहिँ महिनावारीको बेलामा सेक्स गर्दा पनि गर्भवती हुने सम्भावना हुन्छ । यसको कारण वीर्यको आयु एक हप्तासम्म हुने हुनाले सेक्स गरेको दिनमा डिम्ब तयार नभए पनि वीर्य नमर्दै डिम्ब तयार भएर गर्भ रहन पनि सक्छ ।

यसरी जुनसुकै बेलामा पनि कण्डम लगाएर सेक्स गरेमा सरसफाइ, यौन रोग बाट बचाउ र अनावश्यक गर्भ बाट पनि बच्न सकिन्छ । महिनावारी भएको बेलामा सेक्स गर्दा त कण्डमले झन् सरसफाइमा पनि सहयोग पुर्‍याउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्