महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ? जानी राखौँ



काठमाडौँ। महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ? सुरक्षित दिन कुन कुन हो ? भन्ने विषय यकिन गर्न गाह्रो विषयको रहेको छ । महिलाहरूको नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निषेचन र डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एक पटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औँ दिनतिर डिम्ब निस्कने भएकाले त्यति बेला यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौँ दिनमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठिक २८ दिनमा नभएर ढिलो चाँडो हुनेमा यो विधि प्रभावकारी मानिन्न । सुरक्षित काललाई नै गर्भ निरोधका रूपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४, १८, ६ हुन्छ, अर्थात् छैटौँ दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औँ दिनभन्दा पछि यौन सम्पर्क गर्दा गर्भ रहन सक्छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्