राेचक

महिनावारीको बेला सेक्स गर्दा महिलालाई फाइदा की बेफाइदा

By Thah Online

February 01, 2022

एजेन्सी। धेरै महिला पुरुषहरूमा महिनावारी अर्थात् मिन्स भएको बेला यौ’न सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ,तर यसका बारेमा वैज्ञानिकहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरूले गरेको अध्ययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्‍याउनुपर्छ ।

कन्डम लगाएर यौन सम्पर्क गरेमा सङ्क्रमणबाट बच्न सकिन्छ । उनीहरूले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ ।

तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै वैज्ञानिक तथ्य भने छैन । महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।

यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यस कारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ । महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरू पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्किछ ।

महिनावारीको बेला सम्पर्क गर्दा, चरम सुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरू पदार्थसहित रगत अलि बढी बग्न सक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सकको राय रहेको छ ।