राेचक

सेक्स गर्ने समयमा भुलेर पनि गर्न नहुने कुराहरु

By Thah Online

February 01, 2022

सुरक्षित यौ’न सम्पर्क गर्नु स्वास्थ्यका लागी लाभदायक मानिन्छ ।हामीले यौन सम्पर्क गर्नुको मुख्य दुई कारण छन् । प्रजनन मार्फत मानव सभ्यतालाई निरन्तरता दिनुका साथ साथै आनन्द प्राप्तिका लागि यौन सम्पर्क गरिन्छ । यौन सम्पर्क गर्दा शरीरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि, रक्तचाप नियन्त्रण र तनाव कम हुने जस्ता थुप्रै फाइदाहरू छन् । नियमित यौन सम्पर्क गर्दा महिलाहरूमा पाठेघर र पुरुषहरूमा प्रोटेष्ट क्यान्सरको सम्भावना कम हुन्छ । हामीले यौन सम्पर्कलाई आनन्दित र स्वस्थ बनाउन सावधानी अपनाउनु भने जरुरी छ ।

यौन सम्पर्क गर्दा गर्न नहुने कुराहरु

चुम्बन नगर्नुहोस्

महिलाहरूले यौन सम्पर्क गरिरहेको बेला चुम्बन गर्न रुचाउँदैनन् । चुम्बन गर्दा शारीरिक स्थितिलाई परिवर्तन गर्नुपर्ने भएकाले निरन्तर उत्कर्षमा पुग्दै गएको यौन आनन्द बिग्रन सक्छ । चुम्बन गर्दा यौन सम्पर्कको ताल तोडिन सक्छ । पार्टनर तयार हुनुभन्दा पहिले टोक्ने नगर्नुहोस् । धेरै मानिसहरू उत्तेजित भएर यौन सम्पर्क गर्न मन पराउँछन् । पिट्ने, टोक्ने र विभिन्न प्रकारका शारीरिक पिडा दिएर यौन आनन्द लिन मनपराउनेहरु सजग हुनुपर्छ । चरम उत्कर्षका बेला मानिसहरूले शारीरिक पिडा सहन सक्ने भए पनि यौन सम्पर्कका लागी तयार नहुँदै । त्यसो गर्दा असहज वातावरण निर्माण हुन सक्छ । कतिपय अवस्थामा यौन प्रति नै अरुचि हुन सक्ने खतरा हुन्छ ।

पार्टनरमाथि भार नपारौँ

प्रायजसो यौन सम्पर्कका बेला पुरुषहरू महिला माथि भार पार्ने गर्छन् । त्यसो गर्दा महिलाहरूको स्वासप्रस्वासमा समस्या उत्पन्न हुन सक्छ । साफ फेर्न असहज हुँदा यौन सम्पर्कको लय बिग्रन सक्छ , आसनमा उचित ध्यान पुर्‍याउन आवश्यक छ ।

उत्कर्षको समय ख्याल गरौँ

यौ’न सम्पर्क गर्दा प्राय पुरुषहरू छिटो उत्कर्षमा पुग्छन् । जसले गर्दा महिलाहरू उत्कर्षमा नपुग्दै जोस हराउने खतरा हुन्छ । यौ’न सम्पर्क भन्दा पहिला अन्य रोमाल्टिक क्रियाकलापहरू गर्दा एउटै समयमा दुबै जना उत्कर्षमा पुग्न सकिन्छ । आफ्नो आनन्दलाई मात्र नभएर पार्टनरको सन्तुष्टिलाई विशेष ख्याल गरौँ ।

शान्त नबसौं

प्रायजसो मानिसहरू यौ’न उत्कर्षमा पुगेपछि मज्जाले सुत्ने गर्ने गर्छन् । तर यौ’न सम्पर्क गरेपछि महिलाहरू कुरा गर्न रुचाउँछन् । उनीहरू यौ’न सम्पर्कमा भएका घटनाहरूको बारेमा खुलेर कुरा गर्न चाहन्छन् । चटक्क छाडेर जानु वा चुप लागेर बस्नु राम्रो हुँदैन ।

फोटो/भिडियो नखिचौँ

यौन सम्पर्कका बेला फोटा खिच्ने तथा भिडियो रेकर्ड गर्ने काम गर्दा नराम्रो असर पर्न सक्छ । महिलाहरू प्रेमीसँग मात्र खुलेर क्रियाकलाप गर्न रुचाउने भएकाले भिडियो लिँदा अविश्वासको वातावरण सिर्जना हुन सक्छ । कतिपय अवस्थामा गोप्य भिडियो अरूलाई देखाउने भन्दै ब्ल्याक मेल हुने डर हुन्छ । भिडियो रेकर्ड गर्दा त्रासको अवस्था आउने भएकाले यौन सन्तुष्टिमा कमी आउँछ । -एजेन्सी