आर्थिक

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

By Thah Online

February 02, 2022

काठमाडौँ । मङ्गलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमको मङ्गलवार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाँले बढाएर काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) को लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १ सय ४२ र १ सय २५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ वृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोमिटर अमेरिकी डलर सयले वृद्धि गरेर एक हजार ९५ कायम भएको छ।

एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसाले घटेर घटेर आए पनि अझै निगमलाई प्रति सिलिण्डर ५ सय ६० रुपैयाँ घाटा हुँदासमेत बिक्री मूल्य नबढाई हाललाई यथावत् नै राखिएको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।