काठमाडौँ- अवैध क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) कारोबारमा संलग्न एक जना प’क्राउ परेका छन्।
प्रहरीले आइतबार न्युरोडस्थित गुच्चा टोलबाट सिन्धुपाल्चोक घर भई भक्तपुरमा बस्ने रवीन्द्र अधिकारी भन्ने चन्द्रमणि अधिकारीलाई प’क्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनले हालसम्म १ करोड ४८ लाख ४० हजार रुपैयाँको कारोबार गरेका थिए । उनको साथबाट क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग गर्ने मोबाइल सेटसमेत बरामद गरिएको छ ।
उनको साथबाट क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग गर्ने मोबाइल सेटसमेत बरामद गरिएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्यालयले निजलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको जानकारी दिएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।