दुर्घटना

माछा लिएर काठमाडौँ जाँदै गरेको पिकप दुर्घटना : गाडीपूर्ण रूपमा चलेर नष्ट 

By Thah Online

February 03, 2022

काठमाडौँ – माछा लिएर काठमाडौँ जाँदै गरेको TATA कम्पनीको योद्धा नाउँ गरेको पिकप भ्यान गाडी  नम्बर प्र ३०१२४ च ४८७५ भएको गाडी २०७८माघ १९ गते बुधवार बिहान करिब ४ बजे तिर अनियन्त्रित भई सडक बाट १० फिट तल खस्दा दुर्घटना भएको हो ।

ब्याट्रीको तार सर्ट भएर गाडीमा एकासी आगलागी भई पूर्ण रूपमा गाडी जलेर नष्ट भएका छन्।बारा जिल्ला बाट ३५० किलो माछा लोड गरी काठमाडौँ हिँडेका गाडी दक्षिणकाली देखि करिब ७ किलोमिटर माथि फर्पिङ भन्ने ठाउँमा गाडी अनियन्त्रित भई सडक भन्दा करिब १० फिट  तल झरेका थिए। दुर्घटनामा केही मानवीय क्षेत्री नभएको प्रहरीले बताए।

गाडी दुर्घटना भएको १२ मिनेट पछि एकासी गाडीमा आगो सल्केर गाडी पूर्ण रूपमा नष्ट भएको घटना स्थलमा पुगेका ट्राफिक प्रहरी कृष्ण प्रसाद चापागाईँले जानकारी दिनु भयो।दुर्घटना भएको खबर साथै घटना स्थलमा पुगेका उनले बताए। प्रहरीका अनुसार चलिरहेको गाडीलाई हाम्रो प्रहरीको एक समूह दमकल बोलाई गाडीमा लागेको आगो निभाएको प्रहरी बताए। 

गाडी चालक मकवानपुर जिल्लाको बस्तीपुर बस्ने करिब ३२ वर्षीय प्रदीप थिङ्ग रहेका थिए। गाडी चालक र गाडीमा सवार रहेका युवा सकुशल रहेको छ। गाडी र चालकको कागजात सबै ठिक रहेको प्रहरीले जानकारी दिए।

गाडी धनी सिरहाको लहान नगरपालिका वडा नम्बर ८ बस्ने रमेश आन्द रहेका छन् । उनी २०७७ सालमा काठमाडौँ बाट २३ लाख ८५ हजार पर्ने  गाडी खरिद गरी सेन्चुरी बैङ्कको कलङ्की सखाबाट फाईनेन्समा गाडी खरिद गरेका गाडी धनीले बताए।