अफगानिस्तानलाई नेपालले दियो १९५ रन



विश्वकप छनोटको तेस्रो खेलमा   नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ। नेपालले ४९ ओभर ५ बलमा अलआउट हुनुपूर्व १९४ रनमात्र बनाउन   सक्यो । नेपालका लागि कप्तान पारस खड्काले महत्वपूर्ण पारी खेले। जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालले अफगानिस्तानविरुद्ध ओपनिङमा अनिल साहलाई उपकप्तान ज्ञानेन्द्र मल्लसँग मैदानमा पठाएको थियो। ओपनर साह ७ रनमा आउट भएका थिए। त्यसपछि मैदानमा आएका कप्तान पारस खड्काले ७५ रन प्रहार गरे। कप्तानको अर्धशतकीय पारीमा १० चौका र एक छक्का थियो। उनलाई मोहम्मद नावीले क्याच आउट गराए। त्यस्तै उपकप्तान मल्ल लाई २३ रनमा रसिद खानले एलबी डब्ल्यू आउट गरे। दीपेन्द्रसिंह ऐरीलाई ३२ रनमा खानले नै पवेलियन फर्काए। ऐरीले ३ चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल एक रनमा आउट भए। नेपालका आरिफ शेख लाई २३ र सोमपाल कामीलाई ९ रनमा नावी ले नै आउट गरे। यी दुई खेलाडि   लाई लगातार बलमा आउट गरेका हुन्। करन केसी र सन्दीप लामिछाने र ललित राजवंशीले पनि दोहोरो अंक जोड्न सकेनन्। अफगानिस्तानका लागि मुहम्मद नावीलेल ४ र रसीद खानले ३ विकेट लिए। साफूर जद्रनले दुई विकेट लिँदा मुजिव रहमानले एक विकेट लिए। आजको खेल नेपाललाई जित्नैपर्ने बाध्यता रहेको छ। नेपालले यसअघि जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो। सुपर सिक्समा पुग्नका लागि नेपालले आजको खेलमा जित्नैपर्ने हुन्छ। नेपालले हङकङसँग खेल्न बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्