काठमाडौँ । सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडीबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। उनीसहितका अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् ।
उनीहरूलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कार्यचार्यले अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर एकीकृत समाजवादीमा प्रवेश गरेको बताए । २०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए । एमाले सिन्धुपाल्चोकको नेतृत्वमा पुगिसकेका उनी पूर्व सांसद पनि हुन्। चार दशक भूगोलको राजनीति गरेका उनी यो पटक केन्द्रीय सदस्य नभएपछि समाजवादीतिर लागेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।