गाई संरक्षणका लागि गौयज्ञ



सैघाली खबर
दाङ , २६ फागुन । राष्ट्रिय जनावर गाईको संरक्षण र गौशाला निर्माण गर्ने उद्देश्यले दाङको लमहीमा गौयज्ञ हुने भएको छ।

रिहार बगारबाबा धार्मिक विकास क्षेत्रमा गौशाला निर्माणाधीन छ। यहाँ ५३ वटा गाई अहिले पालिएका छन्। गाईलाई छाडा रुपमा छोड्ने प्रचलन बढ्न थालेपछि दाङमा पहिलोपल्ट गाई संरक्षण गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गर्न थालिएको हो।

लमहीको सार्वजनिक बगैँचामा चैत १ गते देखि ९ गतेसम्म गौयज्ञ महोत्सव तथा देवी भागवत ज्ञान महायज्ञ आयोजना गरिदैँछ।

लमही नगरपालिका वडा नं। ९ स्थित बगारबाबा धार्मिक क्षेत्रमा रहेको गौशालाको ब्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न थालिएको गौयज्ञ महोत्सव तथा देवी भागवत ज्ञान महायज्ञका संयोजक रतनकुमार केसीले जानकारी दिए। महायज्ञको कथा वाचन चर्चित युवा पण्डित रामचन्द्र तिमिल्सेनाले गर्ने कार्यक्रम छ।

रिहारमा गौशाला निर्माण गरिएको छ। तर, आर्थिक अभावका कारण गौशाला निर्माण र विस्तार गर्न सकिएको छैन। आर्थिक स्रोत संकलन गरेर गौशाला ब्यवस्थित गरी धेरै गाईहरुको पालन गर्न महायज्ञ संचालन गर्नुपरेको मूल आयोजक समितिले जनाएको छ।

महायज्ञको उद्घाटन चैत १ गते गरिने छ । बिहान ११ बजे कलश यात्रा लमही बजारबाट निस्कने र रिहार धामको परिक्रमा गरी पुनः सार्वजनिक बगैँचामा आएर उद्घाटन सत्रमा परिणत हुने कार्यक्रम छ। महायज्ञ अवधिमा रुद्री, लक्ष्यवर्ती, ग्रह पुजा, व्रतवन्ध, चौरासी पुजा, तुला दान, गाई दान, गाई भोजन लगायतका धार्मिक कार्य गर्न सकिने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्