लुम्बिनी प्रदेशले मदरसामा बजेट उपलब्ध गराएकोमा सङ्घद्वारा प्रशंसा



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रममा लुम्बिनी प्रदेश भित्र रहेका अल्पसङ्ख्यक मुस्लिम समुदायका सामुदायिक विद्यालय (मदरसाहरू) छनोट गर्दा मापदण्ड पुर्‍याएर निष्पक्ष र समावेशी रूपमा छनोट गरी कक्षाकोठा निर्माणको लागि उपलब्ध गराएको बजेटको प्रशंसा गर्दै राष्ट्रिय मदरसा सङ्घ नेपालका पदाधिकारीहरूको संयुक्त हस्ताक्षरमा एक प्रेस विज्ञप्ति जारी गरेको र उक्त प्रेस विज्ञप्तिमा नेपालमा बसोबास गर्ने अल्पसङ्ख्यक मुस्लिम समुदाय हरेक दृष्टिकोणले पछाडि परेको, त्यस माथि पनि शैक्षिक अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको तथा नेपालमा रहेका अधिकांश मदरसाहरू चन्दा दान र सहयोग बाट सञ्चालित छन् भनिएको  ।

यस विषयमा नेपाल सरकारको ध्यान गएको देखिँदैन भन्दै यसै अवस्थालाई मध्यनजर गरी लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/०७९ को वार्षिक कार्यक्रममा सामुदायिक विद्यालयहरू लाई कक्षाकोठा निर्माणको लागि अनुदान रकमको व्यवस्था  गरेअनुसार विद्यालय छनोट भई नामावली समेत प्रकाशित भई सकेको छ। विद्यालय छनोट गर्दा मापदण्ड पुर्‍याएर निष्पक्ष र समावेशी रूपमा छनोट भएको देखिन्छ। जसले गर्दा मदरसा सञ्चालकहरूलाई केही राहत र हौसला प्रदान भएको र यस्ता कार्यक्रमहरू हरेक वर्ष आउने अपेक्षा गर्दछौ संयुक्त विज्ञप्तिमा भनिएको छ ।त्यसमा शैक्षिक क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याउने लुम्बिनी प्रदेश सरकार माननीय मुख्यमन्त्री ज्यु, माननीय शिक्षा,विज्ञान,युवा,तथा खेलकुद मन्त्री ज्यु प्रति विशेष आभार प्रकट गरिएको छ ।

यसै गरी, केन्द्र सरकारले पनि समावेशी रूपमा शिक्षा क्षेत्रमा बजेट विनियोजन गरोस् भन्ने कामना सहित यो प्रेस विज्ञप्तिमा  अब्दुल गनी अलकुफी-अध्यक्ष राष्ट्रिय मदरसा सङ्घ नेपाल, मौलाना मशहुद खां नेपाली – महासचिव राष्ट्रिय मदरसा सङ्घ नेपाल, शैख जैस मक्की- उपाध्यक्ष राष्ट्रिय मदरसा सङ्घ नेपाल, मौलाना जहीर अहमद बरेलवी- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल मोहम्मद मुस्लिम- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, जाहिद आजाद झण्डानगरी- प्र.सल्लाहकार राष्ट्रिय मदरसा सङ्घ नेपाल, अब्दुल सलाम- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, तारिक रियाज-सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, नियाज़ अहमद देवबन्दी- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, मोहम्मद अजीज- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, मौलाना‌ हस्मत अली कादरी- मदरसा फैजे मुस्तफा अतिकीया इन्तेखाब अहमद खां- अध्यक्ष नेकपा (एस) कृष्णनगर नगर समिति, मो. कैफ खान- सल्लाहकार नेकपा (एस) कृष्णनगर नगरसमित, सद्दाम हुसेन- सदस्य नेकपा(एस) कृष्णानगर नगरसमित, मौलाना अब्दुल नुर- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, मेघनाथ ढकाल- वरिष्ठ सलाहकार राष्ट्रिय मदरसा सङ्घ नेपाल, अब्दुफल रउफ- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, शाहिद अजीज- सदस्य राष्ट्रिय मदरसा सङ्घ नेपाल, शहबाज खान- प्रेस सलाहकार राष्ट्रिय मदरसा सङ्घ नेपालको हस्ताक्षर हस्ताक्षर रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्