आजको मनोनयन दर्ता पर्सि हुने ।।



असार २
असार १४ गते हुने स्थानीय तहको चुनावका लागि आज तोकिएको उम्मेदवारको मनोनयन पर्सि हुने भएको छ । सरकारको निर्णय अनुसार निर्वाचन आयोगले कार्यतालिका हेरफेर गरेको हो । सबै दलको सहभागिता सुनिश्चितताका लागि भन्दै सरकारको आग्रहमा निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ता मिति आइतबारसम्मलाई सारेको हो ।

election-commission-nepal

सरकारले यही १४ गतेलाई तय भएको प्रदेश नं. १, २, ५ र ७ मध्ये प्रदेश नं. २ को चुनाव सारेर असोज २ गते गर्ने र बाँकी प्रदेशको चुनावको लागि मनोनयनको समय आगामी आइतबारसम्म पुर्याउने निर्णय गरेपछि आयोगले कार्यतालिका हरेफेर गरेको आयोगका सचिव गोपीनाथ मैनालीले सीआइएनलाई जानकारी दिनुभयो । नयाँ तालिका अनुसार उम्मेदवार मनोनयन दर्ता आइतबार ४ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ भने दर्ता भएका उम्मेदवारको सूचि त्यही दिन प्रकाशन हुनेछ । उम्मेदवारको बिरोधमा उजुरी दिन ५ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने र त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने आयोगले जनाएको छ । नयाँ तालिकापछि उम्मेदवारको प्रचार गर्ने अवधि घटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्