आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात



काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी पर्दै छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । गए राति पनि धेरै स्थानमा हिमपात भएको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चटयाङ तथा असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्