आजदेखि दाङमा हुने अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा



सैघाली खबर
दाङ ,२७ फागुन

आजदेखि दाङमा हुने अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीको भोलि अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो संगठनले जनाएको छ । “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ हुन गइरहेको संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन आज बिहान ११ बजे र्याली प्रश्चात कर्मचारी मिलन केन्द्रपछाडि मैदानमा हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढा मगरले गर्ने र सम्मेलनमा देशभरका ४०० प्रतिनिधि प्रवेक्षक सहभागि हुने भएका छन् । संगठनका केन्द्रिय सचिवालय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक नरेन्द्र विकले सम्मेलनलाई जनवादी शिक्षा, जनशिक्षा, व्यवहारिक शिक्षा, वैज्ञानिक तथा प्राविधिक शिक्षा र सर्वसुलभ शिक्षा गुणस्तरिय शिक्षा आफ्नो संगठनको अभिष्ट भएको र सो पूरा नभएकाले उक्त शिक्षा प्रणालीको नीति कार्यक्रम, कार्ययोजनाको सम्मेलनले ठोस गर्ने र त्यसको जगमा वैज्ञानिक समाजवादी शिक्षाको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ भने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि संगठनले सबैलाई आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्