जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचरसहित)



जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहीबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई सँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्