सिराहा लहान । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ मा वडा कमिटी गठन भएको छ। वडा कमिटी अध्यक्ष श्यामदेव यादवकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय प्रतिनिधि गिता चौधरी विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य राम विलास साह,अतिथिहरूमा जिल्ला कमिटी सदस्य तारणी प्रसाद यादव,मोहित राईन,नवीन कुमार गुप्ता , अशोक कुमार मण्डल र जिल्ला सल्लाहकार सदस्य जुबेदा खातुनकी समेत उपस्थिति रहेको थियो।
उक्त भेलाबाट जम्मा ३१ सदस्य गठन गरेका थिए। गठन भएका सम्पूर्ण पदाअधिकारीहरुलाई शपथ ग्रहण र प्रमाणपत्र वितरण गरेका भूपू गाविस अध्यक्ष देब नारायण यादवले जानकारी दिनु भयो।उक्त वडा नेपाल कम्युनिस्ट पार्टी एमालेको सङ्गठन निकै मजबुत रहेको नगर सचिव बिन्दे यादवले जानकारी दिनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।