विवादित मेयर शाह काँग्रेस प्रवेश, सिनियर नेताको अपमान 



कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा टिकट नपाए पछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउँदा सिनियर नेताको अपमान भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरमबाट टिकट नपाए पछि उनी बागी लडेर नगर प्रमुखमा विजयी भएका थिए । नेकपा सरकारमा भएको बेला पार्टी प्रवेशका लागि केन्द्रीय नेताको चाकडी गरेका शाहको खराब प्रवतीका कारण प्रवेश रोकिएको थियो । खराब छविको रहस्य खुले पछि उनी जसपा प्रवेशको लागि उपेन्द्र यादवलाई समेत भेटेको विशेष स्रोतले बताएको छ ।

दश दिन अगाडी सम्म जसपामा जान खोजेका थिए । आज काँग्रेस पो भएछन् । पार्टी प्रवेशको विषयमा नेपाली काँग्रेस सङ्घीय क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समितिलाई समेत जानकारी नभएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले बताए ।

जिल्ला समितिले शाहको घर मै गएर पार्टी प्रवेश गरे पछि ३ नं.क्षेत्रीय सभापति, ३(ख) प्रदेश सभापति तथा कृष्णनगर नगर सभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा ‘ नेपाली काँग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबर प्रति नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.३ को गम्भीर ध्यानाकर्षण भएको छ ।

यसरी क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति ३(ख) र कृष्णनगर नगर कार्य समितिलाई जानकारी नगराई व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्ति जनक मात्र नभई घोर निन्दनीय पनि रहेको छ । सिङ्गो पार्टी कै प्रतिष्ठा माथि आँच आउने गरी गरिएको यस कार्य समितिको नेपाली काँग्रेस क्षेत्रीय,प्रदेश ३(ख) र कृष्णनगर नगर समितिले घोर भर्सना गर्दछ,’ भनी उल्लेख भएको कृष्णनगर नगर सभापति देवानंद शुक्लाले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्