मनोरञ्जन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

By Thah Online

February 06, 2022

काठमाडौँ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन्