Banner Second

मोरङ–ललितपुर ह’त्याका’ण्डः ४० हजारको कमिसनको लोभले पालैपालो ह’त्या

By Thah Online

February 06, 2022

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको ह’त्याका’ण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा सुनसरी देवानगन्ज–६ का १८ वर्षीय मोहमद हकिम र मोरङ रंगेली–३ का २२ वर्षीय मोहमद सुभाम रहेका छन् । ‘उनीहरूलाई हामीले हिजो साँझ मोरङबाटै पक्राउ गरेका हौँ,’ एसपी जिसीले भने, ‘हाम्रा आफ्नै अनुसन्धानका टेक्निकहरू छन्, सोही टेक्निकलाई फलो गरेर पक्राउ गरेका हौँ ।’

यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै तीन जना अभियुक्तलाई सार्वजनिक गरेको थियो । सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडौँ बल्खु बस्दै आएका अनिलकुमार मण्डल, उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका–४ स्विनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई यसअघि नै मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले थप दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेर शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरू गरिब मजदुर हुन्, दैनिक ज्यालादारीमा निर्भर रहँदै आएका उनीहरू ४० हजारको लोभमा हत्यामा संलग्न भएको खुलेको छ । राजधानी दैनिकबाट