काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न ओली आज बालुवाटार जाने तय भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीबाट हटेर बालकोट गएपछि झन्डै सात महिनामा ओली आज पहिलो पटक बालुवाटार जाँदै छन् ।
पाँच दलीय गठबन्धन दलहरूबिच एमसीसीको विषयलाई लिएर असन्तुष्टि भइरहेका बेला प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीबिच छलफल हुन लागेको हो।
एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।