माइती नेपाल द्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न



कृष्णनगर । मानव बेचबिखनबाट पीडित तथा प्रभावित हरूको सहयोगका लागी वार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले राख्नुभयो ।

विभिन्न सङ्घ संस्था, प्रहरी, मानव बेचबिखनबाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वाला हरूको बिचमा मानव बेचबिखनबाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचबिखनका कारणहरू, मानव बेचबिखन बाट हुने असर, मानव बेचबिखन नियन्त्रणका उपायहरू, मानव बेचबिखन विरुद्ध माइती नेपालले गरेका पहलहरू, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरू लगायत अन्य विषयमा माइती नेपाल रुपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो।

कार्यक्रममा व्यवस्थापनको भूमिका माइती नेपाल द्वारा सञ्चालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्री वास्तवले गर्नुभयोlकार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्